+
+

वर्षाले क्षति पुर्‍याएका किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते २०:११

१९ मंसिर,काठमाडौं । बेमौसमी वर्षाका कारण क्षति भोगेका धान किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहहरुलाई सरकारले परिपत्र गरेको छ ।

राहत वितरण गर्न तयार भएको मापदण्डअनुसार सहजीकरण र समन्वय गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ पालिकालाई आइतबार परिपत्र गरेको हो ।

धानबालीमा क्षति भोगेका किसानलाई सरकारले बैंक खातामै क्षतिअनुसारको नगद राहत उपलब्ध गराउने गरी राहत वितरण सम्बन्धि मापदण्ड मंसिर २ गते मन्त्रिपरिषद्बाट जारी भएको थियो ।

कृषि मन्त्रालयका अनुसार १० कट्ठासम्म खेत भएका किसानले प्रतिकट्ठा एक हजार ९२१ रुपैयाँ,४० कट्ठा खेत भएका किसानले प्रतिकट्ठा ८८७ रुपैयाँका दरले राहत पाउँछन् ।

यस्तै दुई बिघाभन्दा बढी खेत भएका ठूला किसानले प्रतिकट्ठा ५९१ रुपैयाँ, आंशिक क्षति भोगेका सबै किसानले प्रतिकट्ठा ५९१ रुपैयाँका दरले राहत पाउने छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानको खातामा सीधै राहत पठाउने सरकारी मापदण्डमा उल्लेख छ । कृषि मन्त्रालय सरकारले सङ्कलन गरेको विवरणअनुसार ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँ बराबरको धानबाली नष्ट पाईएको थियो ।

सरकारले पाँच अर्ब ५२ करोड रुपैयाँ किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?