+
+
Shares

एक घण्टामै ७२ अंकले घट्याे नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:०३

२० मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामै ७२अंकले घटेको छ ।

७२ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय ४१ अंकमा झरेको छ । सोमबार नै २ हजार ५ सय तल झरेको छ । ३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो ।

साताको पहिलो दिन आयतबार नै ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि लगातार घटिरहेको छ । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?