+
+

गण्डकीका शिल्पीहरूको कला अब पुस्तकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १४:१५

२० मंसिर, काठमाडौं । डीबी नेपाली ‘दमु’द्वारा अनुसन्धान गरी लेखिएको ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ नामक पुस्तक प्रकाशित भएको छ ।

पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत लेखिएको हो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरूङका अनुसार लेखक नेपालीले गण्डकी प्रदेशमा बसोबास गर्ने शिल्पी समुदायमा परम्परादेखि प्रचलित तर अहिलेसम्म ओझेलमा परिरहेको मन्त्र सम्पदाको स्थलगत खोज–अनुसन्धान गरी पुस्तक तयार पारिएको हो ।

उनले भने, ‘पुस्तकले प्रज्ञा–प्रतिष्ठानको समावेशी एवम् समन्वयात्मक नीतिलाई राम्ररी प्रकाश पार्नुका साथै जनस्तरमा प्रचलित महत्त्वपूर्ण सम्पदाहरूलाई बौद्धिक समाजसमक्ष प्रस्तुत गरेको छ ।’

५१२ पृष्ठको पुस्तकको मूल्य रु. ५९० रहेको छ । पुस्तक प्रज्ञा भवन परिसरमा अवस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तक विक्री कक्षका साथै आधिकारिक विक्रेता मकालु प्रकाशन गृहको विक्री कक्ष र देशका सातओटै प्रदेशमा उपलब्ध हुने छ बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?