+
+

चोरी मुद्धाका फरार प्रतिवादी बसुन्धाराबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १५:४१

२० मंसिर, काठमाडौं । महानगरीय प्रहरी परिसरले चोरी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका १३ घर भइ काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्‍दै आएका ३८ वर्षीय कुमार भन्‍ने तेजबहादुर मगर रहेका छन् ।

काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ गते ल्‍यापटप चोरी मुद्धामा उनीविरुद्ध २२ लाख ११ हजार ९६० रुपैयाँ जरिवाना सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौ उपस्थित गराइएको महानगरीय परिसरले जनाएको छ ।

यसअघि उनी डाँका मुद्धामा २०६० सालमा पक्राउ परी ८ वर्ष कैद भुक्तानी गरी २०६८ सालमा छुटेको प्रहरीले जानाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?