+
+

सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना

सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा रहेकव सशस्त्र प्रहरीको विद्यालय सप्तरीको शम्भुनाथ नगरपालिका- ११ मा पनि स्थापना गरिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १९:२१

२० मंसिर, सप्तरी । सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा रहेकव सशस्त्र प्रहरीको विद्यालय सप्तरीको शम्भुनाथ नगरपालिका- ११ मा पनि स्थापना गरिएको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तानबाहेक आम जनताको छोराछोरीलाई पनि यो विद्यालयमा पढाइने बताए ।

उनले गाउँपालिका, नगरपालिकाको सिफारिसमा गरीब, असहाय, आमा बुवा नभएका व्यक्तिलाई पनि यहाँ निःशुल्क शिक्षा दिइने पनि जानकारी दिए ।

आगामी वैशाखदेखि नै यो विद्यालयमा बालबालिका भर्ना लिने विद्यालयका समादेशक डीएसपी भुवन सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार शुरुमा कक्षा ४ र ५ मा  ५५ जनाका दरले भर्ना लिइनेछ ।

उनका अनुसार प्रदेश १ र प्रदेश २ का सशस्त्र प्रहरी बलका कर्मचारीलाई लक्षित गरी यो विद्यालय स्थापना गरिएको छ ।

८ बिघा ११ कठ्ठा जग्गादान

सशस्त्र प्रहरीको विद्यालय स्थापनाका लागि स्थानीय समाजसेवी जोगेन्द्र भगतले ८ बिघा ११ कठ्ठा दान गरेका छन् । विद्यालयको नाम पनि जग्गादाताको नाममा एपीएफ ठाकोदेवी जोगेन्द्र भगत विद्यालय राखिएको छ ।

भगतले उपलब्ध गराएको जग्गामा पहिलो चरणमा ६ करोड, ५१ लाख २ हजारमा एकेडेमिक भवन, प्रिन्सिपलको निवास, मुख्यद्वार, सेफ्टिक ट्यांक निर्माण भएको छ ।

यस्तै सुरक्षाकर्मी ब्लक, होस्टेल, मेससहितका भवन ७ करोड ४९ लाख ८५ हजार रुपैयाँमा निर्माणाधीन अवस्थामा रहेको समादेशक प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।

आइतबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले विद्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख खनालले जग्गादाता जोगेन्द्र र उनकी पत्नी ठाकोदेवीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?