+
+

एस्ट्राजेनेकाको पहिलो डोज लिएको ९ हप्तापछि मोडेर्ना खोप लाउँदा ‘इम्युनिटी’ सुदृढ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १७:३२

२१ मंसिर, काटमाडौं । बेलायतमा गरिएको एक परीक्षणले कोभिड-१९ को एस्ट्राजेनेका वा फाइजर खोपको पहिलो डोज लगाएको ९ हप्तापछि मोडेर्ना खोप प्रयोग गर्दा ‘इम्युनिटी’ थप राम्रो हुने देखाएको छ ।

कोभिड-१९ खोपको समिश्रणसम्बन्धी हालै बेलायतका वैज्ञानिकले गरेको ‘कम-कोभ२’ नामक परीक्षणपछि एस्ट्राजेनेका वा फाइजरको पहिलो डोज लगाएको ९ हप्तापछि मोडेर्नाको दोस्रो डोज लगाउँदा रोग प्रतिरोधी क्षमता (इम्युनिटी) थप सुदृढ हुने देखाएको हो ।

एस्ट्राजेनेकाको पहिलो डोज लगाएपछि मोडेर्ना वा नोभाभ्याक्सको डोज लगाउँदा विकास हुने एन्टिबडी र टी-सेलको प्रतिक्रिया एउटै खोपको दुई डोज लगाउँदा विकास हुने एन्टिबडीभन्दा बढी हुने अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका हुन् ।

‘समग्रमा हेर्दा हामीले रोग प्रतिरोधी क्षमता निकै राम्रो अर्थात् एस्ट्राजेनेकाको दुई डोजबाट प्राप्त हुने भन्दा निकै धेरै पायौं’, परीक्षणमा संलग्न अक्सफोर्डका प्राध्यापक म्याथु स्नेपले भने ।

मिश्रित डोजप्रति समर्थन जनाउने यो अध्ययनले न्यून आपूर्तिका कारण विभिन्न ब्रान्डका खोप प्रयोग गर्न बाध्य गरिब तथा मध्यम आय भएका मुलुकलाई केही उत्साह मिल्ने भएको छ ।

‘मेरो विचारमा यो अध्ययनबाट प्राप्त तथ्य खासगरी हाल खोपको दोस्रो डोज खरीद गरिरहेका गरिब तथा मध्यम आय भएका मुलुकका लागि रोचक र महत्वपूर्ण छ’, स्नेपले भने । अध्ययनपछि एउटै खोपको दुई डोज लगाउने अवस्थाबाट समेत मुलुकहरू मुक्त हुन सक्ने उनको भनाइ थियो ।

एक हजार ७० जना मानिसमा गरिएको परीक्षणको नतिजा मेडिकल जर्नल लान्सेटमा प्रकाशित गरिएको छ । स्ट्रेटटाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?