+
+

मिडिया अवार्डले संचारकर्मीहरुलाई कामप्रति प्रोत्साहित गर्छः कमल जीसी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १९:४५

यसअघि गत बर्षकोे फागुणमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’कोे व्यवस्थापनकोे सम्पूर्ण जिम्मा लिएको ड्रिम हाई नेपाल प्रा.लिले पुष महिनामा ‘नेपाल मिडिया अवार्ड २०७८’को आयोजना गर्दैछ । यो अवार्डले संचारकर्मीहरुको सम्मान र प्रोत्साहनमा महत्वपूर्ण योगदान गर्ने ड्रिम हाई नेपाल प्रालिका अध्यक्ष कमल जीसीले बताएका छन् ।

अवार्डको मुख्य प्रायोजकको रुपमा जोडिएको एल.आई.सी नेपाल(लाइफ इन्स्योरेन्स कर्पोरेशन प्रा.लि)सँग संझौता पत्रमा हस्ताक्षर गर्दै जीसीले मिडिया अवार्डलाई भव्य रुपमा सम्पन्न गर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ड्रिमहाई नेपालले यो अवार्ड आयोेजना गर्न लागेकोे होे । ‘एलआइसी नेपाल मिडिया अवार्ड २०७८’ को आयोजना गर्न पाउँदा खुशी लागेको बताउँदै कमलले यो अवार्डलाई निरन्तरता दिने बताए ।

यो अवार्डकोे सह–प्रायोजनामा ‘ब्लुचिप अफ कम्पनी’ जोेडिएको पनि कमलले बताए । अवार्डको विश्वसनियतालाई देखेर नै विभिन्न अन्तरराष्ट्रिय कम्पनीहरु जोेडिएको बताउँदै कमलले अब आफूहरुमा झनै चुनौती थपिएको प्रतिक्रिया दिए ।
अवार्डमा टेलिभिजन, छापा, एफ.एम, अनलाइन पत्रकारिता अन्र्तगत विभिन्न संचार माध्यममा रहेर पछिल्लो एक बर्ष यता संचारकर्मीहरुले गरेको योगदानकोे मुल्यांकन गर्दै अवार्ड वितरण गर्ने तयारी आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?