+
+

इथियोपियामा गोदाम लुटिएपछि खाद्यान्न वितरण कार्यक्रम रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १२:२६

२३ मंसिर, काठमाडौं । विश्व खाद्य कार्यक्रमले उत्तरी इथियोपियाका २ सहरमा खाद्यान्न वितरण कार्य रोकेको छ ।

बन्दुकधारीले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का गोदाम लुटेपछि खाद्यान्त वितरण कार्य रोकिएको बीबीसीले जनाएको छ । राष्ट्रसंघका अनुसार टिगरे विद्रोहीसँग आबद्ध लुटेराहरूले डब्ल्यूएफपीका कर्मचारीलाई बन्दुक देखाएर नियन्त्रणमा लिएका थिए ।

बन्दुकधारीले कोमबोल्चा र डेसी सहरका गोदाममा राखिएको अत्यावश्यक खाद्यान्न लुटेका थिए । कुपोषित बालबालिकाका लागि राखिएको खाद्यान्न समेत लुटिएको समाचारमा उल्लेख छ ।

राष्ट्रसंघका एक प्रवक्ताले लुटपाटका क्रममा आफ्ना कर्मचारीले ‘अत्यधिक धम्की’ खेपेको बताए ।

‘मानवीय सहायताकर्मीमाथि सशस्त्र समूहले गरेको यस्तो दुर्व्यवहार अस्वीकार्य छ’, ती प्रवक्ताले भने, ‘यस्तो कार्यले अत्यावश्यक स्थानमा सहायता प्रदान गर्ने राष्ट्रसंघ र हाम्रा सबै मानवीय सहायता साझेदारको क्षमता अवमूल्यन गर्छ ।’

राष्ट्रसंघका प्रवक्ताले सरकारी फौजमाथि मानवीय सहायता बोकेका ट्रक नियन्त्रणमा लिएको र आफ्नै प्रयोजनका लागि प्रयोग गरेको आरोप समेत लगाएका छन् ।

एक वर्षदेखि टिगरे विद्रोही र सरकारी फौजबीच जारी गृहयुद्धका कारण उत्तरी इथियोपियामा व्यापक भोकमरी देखिएको छ । युद्धका कारण ९० लाख मानिसलाई अत्यावश्यक खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएको राष्ट्रसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?