+
+

नाडाको अध्यक्षमा थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १०:२१

२४ मंसिर, काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् ।

फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् ।

३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो ।

चौधरीको प्यानबाट कार्यसमपति सदस्यमा मिलनबाबु मल्ल, अनुप कुमार बराल , राजनबाबु श्रेष्ठ , सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्राम सिंघानिया, निलमणी पाठक, बरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् । थापाको प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?