+
+

च्याम्पियन्स लिग : यी हुन् नकआउट चरणमा खेल्ने टोली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १०:५९

२४ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टालाई ३–२ ले पराजित गर्दै स्पानिस क्लब भियारियाल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । भियारियाल नकआउट चरणमा पुग्ने अन्तिम टोली हो ।

समूह एफ अन्तर्गत एटलान्टाको मैदानमा भएको खेलमा भियारियाललाई जिताउन अर्नानउट डानजुमाले २ तथा एटिने कापाउले १ गोल गरे । एटलान्टाका लागि डुभान जापाट्टा र रुस्लान मालिनोभ्स्कीले गोल गरे ।

जितपछि भियारियाल ६ खेलबाट १० अंक जोड्दै समूह ‘बी’ को उपविजेता बन्यो । यसअघि म्यानचेष्टर युनाइटेड ११ अंक जोडेर समूह विजेता बनेको छ ।

भियारियाल अन्तिम १६ मा पुगेपछि च्याम्पियन्स लिगको नकआउट चरण खेल्ने १६ वटै टिमको टुंगो लागेको छ ।

जसमा इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, चेल्सी र लिभरपुल छन् । यस्तै स्पेनबाट रियल मड्रिड, एट्लेटिको मड्रिड र भियारियाल छनोट हुँदा इटलीबाट युभेन्ट्स र इन्टर मिलान छनोट भएका छन् ।

यसैगरी फ्रान्सबाट पेरिस सेन्ट जर्मेन र लिल, पोर्चुगलबाट वेनफिका र स्पोर्टिङ सिपी, जर्मनीबाट बायर्न म्युनिख, नेदरल्याण्ड्सबाट अयाक्स र अष्ट्रियाबाट साल्जवर्ग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?