+
+

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १२:४९

२४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता: न्यायालयको शुद्धीकरण’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश राणाले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए । राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा उनी नैतिक रुपमा पनि च्युत भएको भन्दै शीघ्र राजीनामा दिन उनले सुझाए ।

कार्यक्रममा समाजका पूर्व सभापतिहरु उत्तम पुडासैनी र होमकान्त चौलागाईं, महासचिव रामकृष्ण बराल र काठमाडौं सभापति भगवान पुडासैनीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?