+
+

टीसीएलको नयाँ क्यूलेड फोरके टीभी सार्वजनिक, के छन् विशेषता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १७:५३

काठमाण्डौ । टीसीएलको आधिकारिक बिक्रेता चौधरी ग्रुप सीजी इलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले नयाँ क्यूलेड फोरके टीभी सार्वजनिक गरेको छ ।

टङ्गालस्थित शोरुमबाट नयाँ क्यूलेड फोरके टीभी सी ७२८ र फोरके युएचडी एआई टीभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ ।

टीसीएलको नयाँ क्यूलेड फोरके टीभी सी ७२८ मोडेल ५५“ र ६५“ इन्चमा र फोरके युएचडी एआई टीभी पी ७२५ मोडेल ७५“ इन्चमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

के छन् विशेषता ?

क्यूलेड फोरके टीभीको क्वान्तम डट डिस्प्ले टेक्नोलोजीले शतप्रतिशत रङको मात्रा प्रदान गर्नुका साथै दृश्यको अर्बौं क्वान्तम डट तहहरुलाई फिल्टर गरेर जीवन्त दृश्य सम्प्रेषण र अधिकतम गुणस्तर प्रदर्शन गर्ने कम्पनीको दावी छ । यो टीभीले उच्च गुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेन्मेन्ट चाहने ग्राहकहरुको लागि पनि विशेष आयाम थपेको कम्पनीको भनाइ छ ।

यो टीभीमा १२० हर्ज एमईएमसी, उच्च रिफ्रेश रेट डाइनामिक कम्पेन्सेसन रहेकोले दृश्यलाई अझ स्मूथ बनाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा उपलब्ध भेरियबल रिफ्रेश रेट, अटो लो लेतेन्सी मोड, ईएआरसी प्लस प्रोपाइटरी सफ्टवेर अल्गोरिथमले खेलकुदको आश्चर्यजनक दृश्य प्रदान गर्नुका साथै छिटो चल्ने एक्सन दृश्यहरु पनि बिना कुनै ढिलाई सम्प्रेषण हुनेछ। यो टीभीमा उपलब्ध डल्बी भिजन आइक्यू फिचरले डाइनामिक मेटाडाटा र प्रकाश सेन्सर प्रयोग गरेर कोठाको प्रकाशको अवस्था अनुसार दृश्यको ब्राइटनेस र कन्त्रास्ट समायोजन गरेर दृश्य अनुभबलाई अझ मनोरन्जनात्मक बनाउँछ ।

कम्पनीका अनुसार यो टीभीमा उत्कृष्ट ध्वनि अनुभवका लागि डल्बी एट्मोस फिचर र ओन्क्योको थिएटर लेभल साउन्ड सिस्टम र साउन्डबार रहेको छ । यो टीभी स्मार्टफोनबाट पनि सञ्चालन गर्न सकिन्छ, स्मार्टफोनमा भएको कन्टेटहरु पनि टीभीमा चलाउन सकिन्छ र साथै यो टीभी सरल भ्वाइस कमाण्डबाट पनि चलाउन सकिन्छ । यो टिभीमा ३ वर्षको वारेन्टी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?