+
+

एसेस सिरिज : इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले लियो १-० को अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १२:१४

२५ मंसिर, काठमाडौं । नाथन लियोनले टेष्ट क्रिकेटमा चार सयौँ विकेट पूरा गर्दै उत्कृष्ट बलिङ गरेपछि अष्ट्रेलियाले एसेस सिरिज अन्तर्गत पहिलो टेष्टमा इंग्ल्याण्डलाई ९ विकेटले सहजै पराजित गरेको छ ।

जितपछि अष्ट्रेलियाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै आईसी वर्ल्ड टेष्ट च्याम्पियनसिपमा अष्ट्रेलियाले १२ अंक जोडेको छ ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाले जितका लागि जम्मा २० रनको लक्ष्य पाएको थियो । जसलाई अष्ट्रेलियाले ५.१ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका लागि ओपनिङ गरेका विकेटकिपर एलेक्स केरी ९ रन बनाएर आउट भए । अर्का ओपनर मार्कुस ह्यारिस ९ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि एक मात्र विकेट ओली रोबिन्सनले लिए ।

तेस्रो दिनको खेलमा उत्कृष्ट ब्याटिङ गरेको इंग्ल्याण्डको इनिङ्स चौथो दिन भने बिहानै सत्रमै धरासयी बन्यो । अष्ट्रेलियन बलरले उत्कृष्ट प्रदर्शन गर्दा इंग्ल्याण्डले मात्र ७७ रन जोड्दा ८ विकेट गुमायो ।

अष्ट्रेलियाले २२०-२ बाट चौथो दिनको खेल अघि बढाएको थियो । कप्तान जो रुट ८६ र डेभिड मालान ८० रनमा खेलिरहेको थिए । तर लियोनले मालानलाई र क्यामरुन ग्रीनले रुटलाई लगातार आउट गरेपछि इंग्लिस इनिङ्स धरासायी बन्यो । रुटले सर्वाधिक ८९ रन बनाउँदा मालानले ८२ रन जोडे । त्यसबाहेक जोस बटलरले २३ रन जोडे । इंग्लयाण्ड १०३ ओभर खेल्दै २९७ रनमा अलआउट भएपछि अष्ट्रियाले २० रनको सामान्य लक्ष्य पाएको हो ।

अष्ट्रेलियाका लागि बलिङमा नाथन लियोनले सर्वाधिक ४ विकेट लिए । कप्तान प्याट कमिङ्स र क्यामरुन ग्रीनले २-२ विकेट लिए । मिचेल स्टार्क र जोस हेजलउडले समान १ विकेट लिए ।

इंग्ल्याण्ड पहिलो इनिङ्समा १४७ रनमै अलआउट भएको थियो भने अष्ट्रेलियाले ४२५ रन बनाएको थियो । पहिलो इनिङ्समा १५२ रन बनाएका अष्ट्रेलियाका ट्रेभिस हेड म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?