+
+

दूषित र न्यूनस्तरको खाद्य पदार्थ उत्पादन बिक्री गर्ने २७ फर्मविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १३:२२

२६ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूषित  र न्यूनस्तर खाद्य पदार्थ उत्पादन बिक्री गर्ने २७ फर्म तथा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ ।

दूध, मसला, खाद्यान्न दलहन, पानी, चिया, सस र दाना उत्पादकविरुद्ध मुद्दा दायर गरिएको विभागले आाइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

गत साउनदेखि ८५२ नमूना गुणस्तर परीक्षणका लागि विभागमा आएकामा ३६ वटामा प्रतिकूलता पाइएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् । ती मध्ये २७ वटा विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको उनले बताइन ।

विभागले दूग्ध पदार्थसँग सम्बन्धित ९, मसलाका ५ र खाद्यान्न दलहन र यसबाट बनेकाे पदार्थमा ५ वटा मुद्दा दायर गरिएको छ । पिउने पानीको ३, चियाका २, साेयाससमा १ र तेलमा एउटा कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको छ । यस्तै एउटा दाना कम्पनीविरुद्ध पनि विभागले मुद्दा दायर गरेकाे छ ।

यी मध्ये ११ वटा मुद्दा दूषित,९ वटा न्यूनगुणस्तर, र ६ वटामा लेवल र विवरण नमिलेको पाइएको विभागका सूचना अधिकारी मोहनकृष्ण महर्जनले जानकारी दिए । यस्तै एउटा मुद्दा खाद्य ऐन निर्देशिका उल्घंनसँग सम्बन्धित रहेको महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?