+
+

घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:५८

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् ।

भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् । चितवनमा सकिएको १० औं महाधिवेशनमा भूसाल उपाध्यक्ष पदका उम्मेद्वार थिए ।

नवौं महाधिवेशनबाट भूसाल उपमहासचिव निर्वाचित थिए भने पन्त स्थायी कमिटी सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment