+
+

एमाले उपमहासचिव पृथ्वीसुब्बा भन्छन् : व्यक्तिगत निर्णय लिनु गलत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १६:१७

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्ताव गरेपछि उनले असन्तुष्टि जनाएका हुन् । मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २/३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको भन्दै गुरुङले भनेका छन्, हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’

व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । शनिबार शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा  अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनयनको प्रस्ताव गरेका छन् । त्यस्तै उनले पोलिट्व्यूरो र स्थायी कमिटीमा पनि नेताहरुको नाम प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment