+
+

मकवानपुरबाट ३४ किलो गाँजासहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १९:४०

२६ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

गाजाको कारोबार भइ सवारी आउँदै गरेको सूचना पाएको प्रहरीले पुर्ब पश्चिम लोकमार्गका मनहरी– ९ बाट ना ५ च २३६१ नम्बरको बोलेरो पिकअपमा भएको ३५ किलो ४ सय ग्राम गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हो ।

पिकअपको माथिल्लो भागमा त्रिपालले छोपेर मनहरीबाट हेटौंडातर्फ ल्याउदै गरेको गाजा सहित गाडीका चालक सर्लाहि जिल्ला लालबन्दी नगरपालिका ५ का २२ वर्षीय किरण घिमिरे र गाडीमा सवार सिन्धुली जिल्ला हरीहरपुरगढी गाउँपालिका ७ का २५ वर्षीय आकाश तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ।

सवारी सहित दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?