+
+

एपीएफसँग थ्री स्टार बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १९:४९

२६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको एक मात्र खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बराबरी खेल्दै एपीएफले लिगमा पहिलो १ अंक जोडेको हो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

बराबरीपछि थ्रीस्टार ४ खेलबाट ५ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । थ्री स्टारको यो दोस्रो बराबरी हो ।

उता एपीएफले भने लगातार तीन हारपछि बराबरी खेल्दै अंकको खाता खोल्दै जावलाखेललाई पछि पारेर १३ औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment