+
+

पुरुष भलिबल टिम घोषणा, मानबहादुर र भैरवको कमब्याक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते २०:२१

२६ मंसिर, काठमाडौं । एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्ने नेपाली पुरुष टीमको घोषणा भएको छ । टीममा तीन वर्षपछि राष्ट्रिय टिममा मानबहादुर श्रेष्ठले कमब्याक गरेका छन् ।

नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १२ सदस्यीय टिम घोषणा गर्दा मानबहादुरसँगै भैरव बमले पनि राष्ट्रिय टीममा कमब्याक गरेका छन् ।

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप यही डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा हुँदैछ । बन्द प्रशिक्षणमा रहेका १६ खेलाडीबाट मुख्य प्रशिक्षक हान एबिङले आइतबार अन्तिम टीम छनोट गरेका हुन् ।

यसअघि नियमित लिब्रोको भूमिकामा रहेका ईश्वर थापा भने यस पटक टीममा पर्न असफल भए । यस्तै दीपकराज जोशी, रबिन चन्द र धिरज बस्नेत पनि टीमबाट बाहिरिए ।

दुई वर्षअघि नेपालमा भएको १३ औं साग खेलेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । त्यसबेला टीममा रहेका ईश्वर र रबिनसहित कुलबहादुर थापा, द्वारिका थापा यसपटक टीममा छैनन् ।

१३ औं सागमा बिच भलिबल खेलेका मानबहादुर श्रेष्ठले २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् । उनले पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा एसियन गेम्स खेलेका थिए । २०१९ मा नेपालमा भएको एसियन सेन्ट्रल जोन र १३ औं सागमा भने उनी टीममा थिएनन् ।

को को छन् नेपाली टीममा ?

ईम राना मगर, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरवबहादुर बम, शरण समारी क्षेत्री, विशाल विक, विनोद चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?