+
+

अखिल क्रान्तिकारीले टुंग्यायो केन्द्रीय कमिटी सदस्य, पदाधिकारी अझै टुंगिएन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ९:३६

२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन ।

फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो । तर २४ सदस्यीय पदाधिकारी भने टुंगो लाग्न बाँकी नै छ ।

गत असोज १४ देखि १८ गतेसम्म चलेको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । १९९ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पदाधिकारी गठन गर्ने विधानमा व्यवस्था भए पनि जिम्मेवारी बाँडफाँट गरिएको थिएन् । केन्द्रीय समितिमा को-को रहने भन्ने पनि टुंगो लागेको थिएन ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?