+
+

एप्पलको आइफोन १४, यी हुनेछन् फिचर्स

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १३:३३

गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्यायो । तर, आइफोन १३ बजारमा आउनुअघि नै आगामी आइफोन अर्थात् आइफोन १४ का विषयमा विभिन्न खाले चर्चा बजारमा चल्न थालिसकेका थिए ।

हरेक वर्ष आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने एप्पलले आइफोन १३ ल्याइसकेपछि अब सबैको ध्यान आगामी वर्ष बजारमा ल्याउने आइफोन १४ माथि छ ।

यद्यपि एप्पल आफैंले आइफोन १४ का बारेमा कुनै आधिकारिक जानकारी प्रदान गरेको छैन तर प्रविधि जगतका विभिन्न नयाँ तथा गोप्य सूचनाहरू सार्वजनिक गर्ने टिप्टर्स तथा लिकर्सहरूले आगामी आइफोन १४ का सम्भावित फिचर्ससँग सम्बन्धित विभिन्न जानकारीहरू सार्वजनिक गरिरहेका छन् ।

त्यसरी सार्वजनिक गरिएको दाबी अनुसार आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स पञ्च होल डिजाइनमा आउनेछन् । एप्पलले यो पटक मुख्य रुपमा आइफोन १४ को प्रो मोडलमा नै ध्यान केन्दि्रत गर्नेछ ।

आइफोन १४ मा चारवटै छेउको भाग समतल हुनुका साथै भोल्यूम र म्युट बटन गोलाकार हुनसक्ने बताइएको छ । समतल साइडको भाग टाइटानियमबाट बनेको हुनेछ ।

आइफोन १४ मा पछाडिको हिस्सा काँचको हुनेछ । पछाडिको भागमा क्यामराको लागि उठेको भाग हुनेछैन र पूर्णतः समतल हुनेछ । फोनमा इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि रहनसक्ने बताइएको छ ।

आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स पञ्च होल डिस्प्ले रहनेछ । आइफोन १४ प्रो मा प्रयोगकर्ताहरुले ६.०६ इन्धको डिस्प्ले हुनेछ भने आइफोन १४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले रहनेछ ।

दुवै स्मार्टफोनहरूमा १२० हर्जको रिफ्रेस रेटसहितको डिस्प्ले हुनेछ । यसमा एलजी कम्पनीको ओएलइडी प्यानल प्रयोग गरिनेछ । स्मरण रहोस् एप्पलले कुनै पनि आइफोनमा अहिलेसम्म एलजीको यो डिस्प्ले प्यानल प्रयोग गरेको छैन ।

आइफोन १४ मोडेलमा लाइटनिङ पोर्टको सट्टामा युएसबी टाइप सी पोर्ट राखिनेछ ।

रिपोर्ट अनुसार आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्समा अहिलेसम्मकै उत्कृष्ट सेल्फी क्यामरा हुनेछ । प्रयोगकर्तालाई भिडियो बताउन र सेल्फी लिनका लागि उच्च रिजोलुसनयुक्त ४८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

आइफोन १४ प्रो म्याक्समा १२ मेगापिक्सेलको प्राइमरी लेन्सलाई बढाएर ४८ मेगापिक्सेल बनाउन सकिन्छ । साथै उक्त क्यामराबाट एट के भिडियो पनि बनाउन सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?