
तस्वीर : भास्कर चौधरी
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धेरै समय लाइन बस्दा पनि मतदान गर्ने पालो नआएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् ।
निर्वाचन समितिले मतदाताहरुलाई घण्टौ दाइनमा उभ्याएर भित्र जान नदिएको भन्दै लाइन लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन् ।
भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्रमा अपरान्ह ५ बजेसम्म करीब २ हजार जनाले मतदान गरेका छन् । धेरै उम्मेदवार भएकाले मतदान गर्न एक जनालाई आधा घण्टादेखि एक घण्टासम्म लाग्ने मतदान गरेर फर्केकाहरुले बताएका छन् ।
महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य चयनका लागि ४,७२३ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिले मतदान गर्ने समय ९ बजेसम्म थपेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4