
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसीटी छात्रवृत्ति (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति एकजना नयाँ विद्यार्थीलाई उपलब्ध गराइनेछ ।
यो छात्रवृत्तिले पूर्णट्यूसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू कभर गर्ने कलेजले जनाएको छ ।
विपन्न विद्यार्थीहरूको अध्ययनलाई सघाउने उद्देश्यका साथ ओ‘हाय परिवारले यो फेलोसिप उपलब्ध गराउन लागेको कलेजले जनाएको छ ।
स्नातक तहका कोर्सहरु बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ, बीएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यू कोर्स बीएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।
छात्रवृत्तिमा अध्ययन गर्नका लागि आफू सक्षम रहेकोबारे जानकारी https://bit.ly/3lkE03d यो लिंकमार्फत दिन सक्ने कलेजले जनाएको छ । कलेजका अनुसार २५ डिसेम्बरसम्मका लागि यो आवेदन खुल्ला गरिएको छ ।
प्रतिक्रिया 4