
२७ मंसिर, काठमाडौं । प्यूठानमा युवक हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भण्डारीहरुको कूल पूजा हेर्न गएका मोहन महत्तरालाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा प्युठानका प्रशन्न भण्डारी र कुँवेर मगर रहेका छन् ।
भण्डारी र कुँवरले मंसिर २४ गते कूल पूजामा झगडा हुँदा महत्तरालाई कुटपिट गरी हत्या गरेको उनले बताए छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4