+
+

प्रधानमन्त्री कप महिला क्रिकेट पुष ३ देखि, उद्घाटन खेलमा प्रदेश १ र कर्णाली भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २१:३४

२३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस ३ गतेदेखि शुरु हुने भएको छ ।

क्यानले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार धनगढीमा हुने प्रतियोगिताको उद्घाटन खेल साविक विजेता प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा नेपालको सात प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली छन् । यसैगरी समूह बी मा नेपाल एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् ।

टी-२० फर्म्याटमा हुने प्रतियोगिताको खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछ । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस ११ गते हुनेछ ।

गत वर्ष दाङको लमहीमा भएको प्रतियोगितामा प्रदेश १ ले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?