+
+

जावलाखेलका प्रशिक्षकले उठाए रेफ्रीमाथि प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २१:४३

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले सोमबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) संग गोलरहित बराबरी खेल्दै १ अंक जोड्यो । जारी लिगमा जावलाखेलले पहिलो अंक जोड्दा प्रशिक्षक किशोर केसी भने रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिए ।

उनले खेलपछि आयोजित पत्रकार सम्मेलनको शुरुमै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै यसले नेपालको फुटबल विकास नहुने बताए । ‘पहिलो अंक ल्याएका छौं, खुशी छौं । यो पाराले नेपालको फुटबलको विकास हुँदैन है । रेफ्रीको कारणले’ उनले भने, ‘ए डिभिजनको टिमको म्याच खेलिराछ एउटा ब्याज छैन ।’

सोमबारको खेलमा रेफ्रीले राम्रो नगरेको पनि उनले बताए । उनले फिफा रेफ्रीले खेल खेलाउनुपर्ने किन नखेलाएको भन्दै प्रतिप्रश्न गरे । ‘फिफा रेफ्रीले खेलाए राम्रो हुन्थ्यो । किन नगरेको हो ? भित्र षड्यन्त्र हो कि !’ प्रशिक्षक केसीले प्रश्न उठाए ।

प्रशिक्षक केसीले ३ अंककै लागि खेलेपनि अंकको खाता खोल्नुलाई सकरात्मक रुपमा लिनुपर्ने बताए । जावलाखेलले लगातार तीन खेल हारेपछि पहिलो बराबरी खेल्दै पहिलो अंक जोडेको हो । तर जावलाखेलले गोल गर्न नसकेको लगातार चार खेल भइसकेको छ ।

प्रशिक्षक केसीले बीबीसी विरुद्ध पनि पहिलो हाफ राम्रो खेलेपनि गोल नहुँदा दबाब भएको बताए । ‘३ म्याच राम्रो खेलेर आयो । आज पनि पहिलो हाफमै राम्रो मौका पायो । त्यो गोल नहुँदा दोस्रो हाफमा दबाब भइहाल्छ नि’ केसीले भने ।

चर खेलमा १ अंक मात्र जोड्दा रेलिगेसनको दबाब कत्तिको छ भन्ने प्रश्नमा केसीले भने, ‘रेलिगेसनको कुरा अहिले नगरौँ । ७-८ राउण्ड गएर सोध्नु न ।

यस्तै बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले ३ अंकको लागि खेलेपनि १ अंक लिनुपरेको बताए । ‘पहिलो हाफमा जाउलाखेलले अलिकति प्रेसर दिएको थियो । तर सफल चाहिँ भएन’ श्रेष्ठले भने । दोस्रो हाफमा दुवै टीमले गोलको अवसर सिर्जना गरे पनि गोल नभएको उनले बताए । ‘हामी पनि ३ अंकका लागि आएका थियौं । तर दुर्भाग्यवश ड्र मै १ अंक लिनुपर्‍यो’ उनले भने ।

बीबीसीका प्रशिक्षक श्रेष्ठले पनि रेफ्रीको निर्णय राम्रो नभएको बताए । ‘रेफ्रीको निर्णय त्यति सन्तोषजनक छैन । मेरै गुरु जावलखेलको किशोर केसीले पनि भन्नुभयो होला । ए डिभिजन लिगमा जुन लेभल हुनुपर्ने हो त्यो आजको खेलमा छैन’ उनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?