+
+

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ६:५३

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् ।

प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा कल्याण गुरुङले ७ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?