+
+

व्यवसायीसँग बार्गेनिङ गरेको अभियोगमा सीआईबीका सई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:४५

२८ मंसिर, काठमाडौं। व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको थियो ।

‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ परेका हौं’ उनले अनलाइनखबरसँग भने, ‘अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । तर उनको परिचय खुलेको छैन ।

ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए । उनीहरुले व्यवसायीलाई २० लाख रुपैयाँ मागेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?