+
+

एप्पलको नयाँ कीर्तिमान, मूल्य ३० खर्ब डलर नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:००

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सोमबार नयाँ कीर्तिमान कायम गर्दै शेयर मूल्यमा अहिलेसम्मकै ठूलो बढोत्तरी हासिल गरेको छ ।

एप्पल कम्पनीको मूल्य सोमबार करीब ३० खर्ब डलर पुगेको थियो ।

सोमबार एप्पलको शेयर मूल्यमा अघिल्लो हप्ताको अन्तिम दिनभन्दा २ प्रतिशत वृद्धि भएर प्रतिशेयर १८२.८६ डलर पुगेको भए एप्पल कम्पनीको मूल्य ३० खर्ब अर्थात् ३ ट्रिलियन डलर पुग्ने थियो । तथापि शेयर मूल्य १७५.७४ कायम भएसँगै एप्पलको बजार मूल्यले ३० खर्ब डलरको कोशेढुंगा पार गर्न सकेन ।

गत हप्तामात्रै एप्पलको शेयर मूल्यमा ११ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १ वर्षमा एप्पलको शेयर मूल्यमा ३० प्रतिशतले वृद्धि भएको छ ।

स्मरण रहोस् १६ महिना अगाडि मात्रै एप्पलको बजार मूल्य २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको थियो ।

एप्पलको शेयर मूल्य साविक दरमा वृद्धि भैरहेमा छिटै नै यसको बजार मूल्य ३० खर्ब डलर नाघ्नेछ । त्यो सँगै एप्पल ३ ट्रिलियन डलर बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी बन्नेछ ।

हाल विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दोस्रो स्थानमा माइक्रोसफ्ट रहेको छ जसको बजार मूल्य २६ खर्ब छ । त्यस्तै गुगलको बजार मूल्य करीब १९ खर्ब र अमेजनको बजार मूल्य करीब १६ खबृ डलर रहेको छ । टेस्लाको बजार मूल्यले पनि १० खर्ब डलर कोशेढुंगा पार गरिसकेको छ ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?