+
+

यू १९ एसिया कप : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १९:०९

२८ मंसिर, काठमाडौं। एसीसी यू १९ एसिया कपको पहिलो खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्ने भएको छ । यू१९ एसिया कप यही डिसेम्बर २३ देखि ३१ सम्म युएईमा आयोजना हुँदैछ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार समूह बी मा रहेको नपालले डिसेम्बर २३ मा बंगलादेशसँग खेल्दै यात्रा सुरु गर्नेछ । समूह बी मा अर्को टेष्ट राष्ट्र श्रीलंका र एसोसिएट राष्ट्र कुवेत पनि छ ।

नेपालले दोस्रो खेल डिसेम्बर २६ मा श्रीलंकासँग र तेस्रो खेल डिसेम्बर २८ मा कुवेतसँग खेल्नेछ ।

समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् । दुवै समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् ।

यू १९ एसिया कपलाई लक्षित गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै त्यसबाट उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणमा राखेको छ । उनीहरुलाई बसन्त शाही ठकुरीले प्रशिक्षण गराइरहेका छन् ।

राष्ट्रिय टिमको क्याम्पमा परिसकेका अर्जुन कुमाल, शेर मल्ल, अनुज चुनारा, विवेक यादव जस्ता खेलाडी प्रशिक्षणमा छन् ।

युएई जानुअघि नेपालको अन्तिम टोली घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?