+
+

सीजी ब्रुअरीको टिमुर बियर बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २१:१२

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ । ‘नेपाल आइस’ ब्राण्ड अन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको दावी छ ।

टिमुरको स्वादमा उत्पादन गरिएको योे बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ । नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिँदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो बियर ६५० मिलि र ३३० मिलि बोतलमा बजारमा उपलब्ध छ । ६५० मिलि प्रति बोतलको उपभोक्ता मुल्य ३४० र ३३० मिलि बोतलको उपभोक्ता मुल्य १७५ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?