+
+

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक २५औं वर्षमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २१:०१

नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थपनाको २५औं वाषिर्कोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । २८ असोज २०७८ मा २५औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।

मंगलवार बैंकले वाषिर्कोत्सवको अवसरमा शुभकामना आदन-प्रदान तथा सम्मान कार्यक्रम राखिएको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।

२५औं वाषिर्कोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले बैंकीङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न  बैंकको प्राथमिक दायित्व भएको बताए ।

कर्मचारीलाई सम्बोधन गर्दै सीईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरे । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुर्पने बताए । साथै यस कम्पनीका संचालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे ।

बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?