२९ मंसिर, काठमाडौं । चलचित्र ‘म’को केही दिनअघि शुभसाइत भयो । दुई वर्ष अगाडि यही नामको चलचित्रको शुभसाइत समारोहमा पुगेका कलाकारहरु फेरि सोही नामको चलचित्रको घोषणा कार्यक्रम देखेर छक्क परे ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘म’ चलचित्रको निर्माण दुई वर्षअघि नै भएको हो । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । ती सबै काम गर्दा ४० लाख रुपैयाँ सकिएको थियो ।
तर, निर्माताले ४० लाख रुपैयाँ डुबेपछि पनि फेरि आँट गरेर सोही नाममा नयाँ कथामा चलचित्र बनाउन शुरु गरेका छन् । चलचित्रका लेखक प्रकाश पुरीले पुरानो कुरालाई बिर्सिएर नयाँ सोचका साथ काम अगाडि बढाउन लागेको बताए ।
चलचित्रको निर्देशकमा सुवर्ण थापा भित्रिए । कलाकारहरु पनि पूरै परिवर्तन गरिएको छ । चलचित्र निर्माण हुँदाहुँदै रोकिएका उदाहरण त यस अगाडि सुनिएका हुन् । तर, यसपटक भने ‘म’का निर्माताले ६० प्रतिशत दृश्यलाई भुलेर शुरुबाटै काम थालेका छन् ।
लकडाउनका कारण लोकेसनदेखि कलाकारको गेटअपको निरन्तरतामा ब्रेक लागेकाले ४० लाख रुपैयाँ माया मारेको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4