
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता र शक्तिका निम्ति इतिहास बोकेका परिवारका खम्बाहरु ढलेको टिप्पणी गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर समूहले बुधबार आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार रहेका भण्डारीले भने, ‘सत्ता र शक्तिका नित्ति कति ठूलो इतिहास बोकेको परिवारको खम्बा ढल्दा रहेछन् हात हल्लाएको तपाईंहरुले देख्नुभयो ।’
सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए र मतदान स्थलमा पुगेर तीन नेता एकसाथ उभिएर हात हल्लाएका थिए ।
त्यसतर्फ इंगित गर्दै भण्डारीले भने, ‘१४ औं अधिवेशनले धेरै खम्बाहरु ढलायो, अब १५ औं अधिवेशनमा कसैलाई देख्नु पर्नेछैन । कांग्रेसको जित यही हलमा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4