+
+
Shares

भाग खोज्दैनौं, सहकार्य र संघर्ष दुबै गर्छौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १६:४३

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर कोइराला समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार थापाले आफूले दुबै चरणमा देउवालाई मत नदिए भन्दै अघि भने, ‘तर निर्वाचित भएपछि उहाँ हामी सबैको सभापति हो ।’

पार्टीलाई थप मजबुत, फराकिलो बनाउन सभापतिलाई साथ दिने र चुक्न खोज्दा संघर्ष गर्ने उनले बताए ।

थापाले सभापति शेखर कोइरालाले चुनाव नजिते पनि ४० प्रतिशत मत पाएको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी लिएर चार वर्ष क्रियाशील हुन आग्रह गरे । उनले अघि भने, ‘हिजो गरेको गल्ती दोहोर्‍याउँदैनौं, भागशान्ति खोज्दैनौं ।’

पार्टीलाई विधि पद्धतिअनुसार सञ्चालन गर्न सभापति देउवालाई निरन्तर दबाव दिने थापाले बताए । उनले अघि भने, ‘सभापतिलाई हाम्रो सम्पूर्ण सहयोग रहन्छ, तर उहाँ पनि गुटको होइन, कांग्रेसको सभापति हुन सक्नुपर्छ ।’

अघिल्लो कार्यकालमा हाक्काहाक्की गुटको बैठक गरेको स्मरण गर्दै उनले यो पटक त्यसो नगर्न समेत सभापति देउवालाई आग्रह गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?