+
+

‘प्रेमगीत ३’को हिन्दी भर्सनमा राहत फतेहदेखि अंकित तिवारीसम्मले गाए गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १३:१०

१ पुस, काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणको सबै गीतको काम सकिएको निर्माणपक्षले बताएको छ । यो चलचित्र नेपाली र हिन्दी भाषामा विश्वभर रिलिज गरिने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । यो चलचित्र फागुन १३ गतेबाट प्रदर्शन हुँदैछ ।

यो चलचित्रको हिन्दी भर्सनका लागि भारतका चर्चित गायक-गायिकाले स्वर दिएका छन् । चलचित्रको हिन्दी भर्सनमा समावेश ‘ए सनम तुही तु’मा राहत फतेह अली, ‘तुम प्यार हो’मा अंकित तिवारी र पलक मुछालले स्वर भरेका छन् । यस्तै डान्स नम्बर ‘मुझमे बस् जाना’मा देव नेगी र पालक मुछालले स्वर भरेका छन् । चलचित्रको हिन्दी भर्सनलाई गीतकार कुमार र एम तुराजको शब्द छ ।

यो चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । नेपाली चलचित्रको नयाँ बजार विस्तारको लागि आफूहरुले गरिरहेको प्रयास सार्थक भएको सन्तोषले बताएका छन् । यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?