+
+

पलेसालाई मनास्लुको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २०:४०

१ पुस, काठमाडौं । मनास्लु वर्ल्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई बिहीबार सम्मान गरेको छ ।

पलेसाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएको भन्दै खेलकुद क्षेत्रबाट पलेसालाई सम्मान गरेको हो ।

टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रचेकी थिइन् । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । पलेसा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको कांस्य विजेता पनि हुन् ।

गत वर्ष मनास्लुले खेलकुद क्षेत्रबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?