+
+

जापानको एक भवनमा आगलागी, दर्जनौंको मृत्यु भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १०:४३

२ पुस, काठमाडौं । जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ । ओशाकास्थित ८ तले भवनमा आगलागी भएको हो ।

शुक्रबार ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।

एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ।

आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।

आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । तर अधिकारीले आगो लगाइएको आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?