+
+
माइतीघर-फोटो कथा :

फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौं कि!

विक्रम न्यौपाने विक्रम न्यौपाने
२०७८ पुष ३ गते ८:३०

भनिन्छ, घर भनेको भौतिक वस्तु मात्रै होइन, यो अनुभूति र भावना हो । यो शरीर अडिने ठाउँ मात्र होइन, यो त मन बस्ने ठाउँ हो । ठूलाठूला विकासे परियोजना सम्पन्न गर्न मानिसको घर-जग्गा लिइन्छ र थोरै रकम मुआब्जा दिइन्छ । मुआब्जाको अंक तोक्नेहरुलाई के थाहा, भावना जोडिएको घरको मूल्य, आफू जन्मिएको जमिनको मूल्य कति हुन्छ भनेर ।

अमेरिकी दार्शनिक तथा कवि राल्फ वाल्डो इमर्सनको बुझाइमा अंग्रेजीमा ‘हाउस’ र ‘होम’ भनेको फरक कुरा हुन् । केही पर्खाल र बिमहरुले बनेको घर ‘हाउस’ हो भने प्रेम र सपनाहरुको जगमा बनेको घर ‘होम’ हो ।

एकातिर जन्मिएको-हुर्किएको र वैंश फूलाएको घर छाड्नुछ, अर्कोतिर बाँकी जीवनका लागि यस्तै अर्को घर बनाउन सकिन्छ कि सकिँदैन भन्ने जोखिम छँदैछ । साथी-संगी, सरसंगत र नातागोता मात्र होइन, आमाको साथ पनि छाडेर हिंड्नुपर्ने प्रचलन वास्तवमै हृदयविदारक हुन्छन् । भन्ने गरिन्छ- आमा नभएको घर के घर ! आमा त घरकी ढुकढुकी हुन् । उनीबिना जहाँ पुगिन्छ त्यो घर त धड्कनबिनाको मुटु जस्तै हो ।

जन्म र कर्म दिने बाबु-आमासँग बाल्यकालदेखि हुर्किएको प्रेमको वृक्ष जुरुक्कै उखेलेर त्यहाँ लैजानुपर्छ, जहाँको माटो जरा अनुकूल हुन्छ कि हुँदैन थाहा हुँदैन । आफू जन्मिए र हुर्किएको त्यही घर छाडेर अन्त कतै जानुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । जब पीडा शब्दमा निस्कन सक्दैन, यसलाई ओठहरुले व्याख्या गर्न सक्दैनन्, तब न त्यो नुनिलो पानी बनेर आँखाबाट बग्छ- बलिन्द्र धारा बनेर ।

माइतीघर छाड्नुपर्ने चेलीको अवस्था उनको जीवनको त्यो वियोगान्त पल हो, जतिबेला प्रसव वेदनामा भौतिकभन्दा भावनात्मक दुखाइको अनुभूति बढी हुन्छ । ओशोको शब्दमा हृदयमा जमेको पीडा पग्लिएर आँशु बनेर खस्न थाल्छ आँखाका डिलबाट ।

तस्वीर सौजन्य : वेडिङकाठमाडौं डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?