+
+

केकीलाई जन्मदिनमा विधानको ‘रेडी भएर बस्नु’ उपहार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १९:००

२ पुस, काठमाडौं । विधान कार्की पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष समेत रहेका कार्कीले निर्देशन गरेको पछिल्लो गीत ‘छलछल’ले बजारमा राम्रो चर्चा पायो । कमर्सियल गीत बनाउन माहिर विधानको निर्देशनमा ‘रेडी भएर बस्नु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

आरके श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो गीतमा आरके श्रेष्ठ र तारा श्रीस मगरको स्वर छ । यो गीतमा राजेन्द्र थापाको शब्द र राजनराज सिवाकोटीको संगीत छ ।

भिडियोमा केकी अधिकारी र विजु पार्कीको अभिनय हेर्ने सकिन्छ । भिडियोमा दीपक एम सिंहले कोरियोग्राफी गरेका छन् । माधव शर्मा एशोसिएट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

नायिका केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा यो भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीबीचको रोमान्टिक पललाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?