
४ पुस, काठमाडौं । संगीतकार अर्जुन पोखरेललाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’बाट सम्मान गरिने भएको छ । संगीतकार नातिकाजीको ९७ औं जन्मदिनको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा अर्जुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
संगीतकार पोखरेलले संगीतका महर्षी नातिकाजीको नाममा स्थापित पुरस्कार प्राप्त गर्दा आफू निक्कै नै खुशी भएको प्रतिक्रिया दिए । यसबाट सांगीतिक क्षेत्रमा अझै धेरै काम गर्ने प्रेरणा आफूलाई मिलेको पनि बताए ।
केही दिनपछि आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो पुरस्कार प्रदान गरिनेछ ।
नेपाली चलचित्र तथा सुगम संगीतको क्षेत्रमा अर्जुन लोकप्रिय छन् । उनले संगीत भरेका दर्जनौं गीतले श्रोता-दर्शकको माया पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4