+
+

सर्वदलीय बैठकमा एमाले नजाने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ११:५३

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिए । ती बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाले एमाले नेताहरुले बैठक बहिस्कार गरेका थिए ।

एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा सामेल भएको छैन । वर्षे अधिवेशनभर र हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले विरोध जनाएको थियो । हिउँदे अधिवेशनको दोस्रो बैठक पुस ६ गते दिउँसो १ बजे बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?