+
+

१७ औषधि पसललाई निलम्बनको कारबाही (सूचीसहित)

औषधि बेच्ने लाइसेन्स भएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसल कारबाहीमा परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १३:४६

४ पुस, काठमाडौं । औषधि व्यवस्था विभागले  कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।

औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको ) उनले बताए । केसीका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ ।

अवैध रूपमा सञ्चालन भइरहेका यस्ता औषधि पसलले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको केसीले बताए ।

‘कात्तिक महिनामा भएको बजार अनुगमनमा सबैभन्दा बढी कैफियत व्यवसायी अनुपस्थित भएको पाइएको छ । औषधि बिक्री–वितरण गर्दा चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम फर्मासिस्ट वा व्यवसायीले गर्नुपर्ने हुन्छ,’ केसीले भने, ‘निरीक्षणका क्रममा धेरै व्यवसायी अनुपस्थित भेटिएका छन् ।’

कुन–कुन औषधि पसल निलम्बनमा परे ?

विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला परेपछि १७ औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको  छ ।

निलम्बनमा पर्नेमा स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर,  विराज औषधि पसल, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि, स्याउला वास.पस,  दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी छन् ।

त्यसैगरी,  राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, म्हसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक निलम्बनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?