+
+

गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १३:५१

काठमाडौं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् ।

लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।

काठमाडौंको सोल्टी होटलमा शुक्रबार आयोजना भएको ग्राण्ड फिनालेमा एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आईसीटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुशन (डीईआई) लाई सधैं प्रोत्साहन गर्ने कम्पनीको नीति अनुरुप आईसीटी अवार्डमा आवद्ध भई ३ लाख रूपैयाँ नगद सहित पुरस्कार प्रदान गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेशन अफिसर विशालमणी उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्तरुपमा प्रदान गरेका थिए ।

प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि अनवरतरुपमा योगदान पुर्‍याउँदै आएकी छन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आईटी संस्थालाई नेतृत्व गरिरहेकी छिन् । प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर शुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशक जस्तो गरिमामय पदमा रहेर काम गरेकी थिइन् ।

प्रधानले सरकारी सेवाबाट अलग भएपनि नेपालमा सूचना प्रविधिमा महिलाहरुको सहभागिता र दक्षता बढाउन विभिन्न ढंगले काम गरिरहेकी छन् । केही वर्षदेखि वुमन इन आईटी सस्थाको अध्यक्षमा रहि यस क्षेत्रमा महिला शशत्तिकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चहरुमा काम गरिरहनु भएको प्रधानले यस वर्षको वुमन आइकन आईसीटी अवार्ड प्राप्त गरेकी हुन् ।

वुमन आइकन आईसीटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपहरुले अवार्ड प्राप्त गरेका छन् । यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, एनसेल लगायत ३० बढी संस्थाहरुको सहकार्य रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?