+
+

सिरहामा दुई समूहबीचको झडपमा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १४:५८

४ पुस, काठमाडौं । सिरहाको गोलबजारमा दुई समूहबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार शनिबार राति पौने ८ बजेतिर भएको झडपका क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताए ।

झडपमा संलग्‍नहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले आइतबार दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

डीएसपी बुढाथोकीका अनुसार अहिले भने राजमार्गको अवरोध हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?