+
+

खेलाडी र खेल पत्रकार सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १६:३६

४ पुस, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ ।

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । उनीहरुले जनही १ लाख रुपैयाँ पाए ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवाकोटकी संगीना वैद्य र काठमाडौंका नोर्बु लामा सम्मानित भए । दुवैले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए । निर्णायकमा काठमाडौंका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका उनलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ ।

सोही अवसरमा ९ खेल पत्रकारलाई सम्मान गरिएको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौंका हिमेशरत्न वज्रचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) जनही २५ हजार रुपैयाँ पाए ।

पत्रकारिता प्रोत्साहन पुरस्कार (प्रदेशगत) तर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल (स्थानीय सन्देश साप्ताहिक), प्रदेश २ का बसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), बाग्मती प्रदेशका कुशल तिमल्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टिभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानीय समाचारदाता) पुरस्कृत भए । सातै जनाले समान २५–२५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?