+
+

कप्तान बनेपछि सन्दीपले भने : राष्ट्रिय टीम सबैका लागि खुला छ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १७:३३

४ पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टीममा सबैका लागि ढोका खुला रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानमा नियुक्त गरेपछि आइतबार फेसबुकमा उनले टीममा सबैका लागि ढोका खुला रहेको बताएका हुन् । क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ ।

सन्दीपले भनेका छन् ‘एउटा टीमको रुपमा हाम्रो योजना सामान्य छ, क्रिकेटको अन्तर्राष्ट्रिय रोडम्यापमा नेपालको प्रभावकारी उपस्थिति देखाउने, त्यसका लागि हामीले एउटा परिवार, एउटै टीम र युनिटजस्तो गरी खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?