+

क्रिकेटर कविता गौतमलाई क्रिकेट समर्थक समाजको ८० हजार सहयोग

२०७८ पुष  ४ गते १९:५२ २०७८ पुष ४ गते १९:५२
क्रिकेटर कविता गौतमलाई क्रिकेट समर्थक समाजको ८० हजार सहयोग

४ पुस, काठमाडौं । महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले ८० हजार रुपैयाँ सहयोग गरेको छ ।

समाजले ‘कविताको दुखाइ समर्थकको मल्हम’ अभियानबाट संकलित उक्त रकम कवितालाई आइतबार भेटेर हस्तान्तरण गरेको हो।

कविता हाल ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गरिरहेकी छिन्।

सहयोग रकम बुझ्दै क्रिकेटर कविताले सरोकार निकायले गर्नु पर्ने सहयोग आमसमर्थकबाट भएको भन्दै देश तथा विदेशबाट साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। साथै उनले आफू चाँडै नै क्रिकेटको मैदानमा फर्किने पनि बताइन् ।

कविता गौतम नेपाली क्रिकेट समर्थक समाज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय