+
+

धनगढी विमानस्थलमा स्थानीयको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १८:५३

५ पुस, धनगढी । धनगढी विमानस्थलका लागि भन्दै ‘अनधिकृत’ रुपले जग्गा रेखाङ्कन गरिएको विरोधमा धनगढी विमानस्थलमा प्रदर्शन गरिएको छ ।

विमानस्थलको दक्षिण र पूर्वपट्टीको करीब एक किलोमिटर क्षेत्रमा जग्गाधनीलाई जानकारीसमेत नदिएर सिमेन्टका पिलर गाडिएपछि आक्रोशित स्थानीयले नाराबाजीसहित सोमबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले विमानस्थल कार्यालय र स्थानीय प्रशासनको जानकारीमा पनि नरहेको दाबी गरिएको अवस्थामा कसले, के उद्देश्यले आफूूहरुको जग्गामा रेखाङ्कन गरेको हो ? भन्दै छानबिनको माग गरेका छन् । स्थानीय वासिन्दाले विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टलाई भेटेर अवैध रुपमा रेखाङ्कन गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्न माग गरेका छन् ।

प्रमुख भट्टले उक्त विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताउँदै अहिलेसम्म जग्गाको रेखाङ्कन गर्ने व्यक्तिको पहिचान नभएको बताएका थिए ।

शनिबार बिहान विमानस्थल कार्यालयको दक्षिण, पूूर्वतर्फको जग्गा अधिग्रहणका लागि भन्दै रेखाङ्कन गरेर पिलर हालेको देखेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । तर विमानस्थल कार्यालयले उक्त विषयमा स्थानीयले जानकारी गराएपछि मात्रै थाहा भएको र त्यसमा कार्यालयको कुनै संलग्नता नरहेको जनाएको छ ।

तस्वीर : रोशन भट्ट÷गेटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?