
६ पुस, काठमाडौं । पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यले ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालले माघ अन्तिम साता तीनदिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।
महोत्सव कहाँ हुने भन्नेबारे केही दिनमा जानकारी गराइने महोत्सव संयोजक रघुनाथ सापकोटाले बताए ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, वृत्तचित्र र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने जनाइएको छ । महोत्सवमा उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने पनि सापकोटाले जानकारी दिए ।
ग्रामीण चलचित्र महोत्सवमा विभिन्न भाषाका साथै मोबाइलबाट खिचिएका चलचित्रलाई समेत समावेश गर्न सकिने छ । ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसप समेत सञ्चालन गरिने सापकोटाले बताए । चलचित्रहरु अत्याधुनिक एलईडी स्क्रिन र अत्याधुनिक साउण्ड सिस्टममा प्रदर्शन गरिने छ ।
चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरक्रिया हुने, उत्कृष्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4